
धनगढी ।
सुदूरपश्चिममा कोरोना संक्रमित र कोरोना संक्रमण दर बढेको छ । बितेको २४ घण्टामा प्रदेशमा ६९४ जनाको कोरोना परिक्षण गरिएकोमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

एन्टिजेन बिधिबाट ६७७ नमूनाको कारोना परिक्षण गर्दा १० र पीसीआर बिधिबाट १७ नमूनाको कोरोना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

पछिल्लो सयम नेपाल भारत सीमानाबाट भित्रिनेमा कोरोना संक्रमण देखिन थालेको छ । आज कोरोना संक्रमण पुष्टि भएका मध्ये ९ जना सीमामा गरिएको परिक्षणमा संक्रमित भेटिएका थिए ।
स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकामा ६, जुलाघाट नाकामा २, दार्चुलाको पुलघाट नाकामा १ जनामा संक्रमण पुष्टि भएको थियो ।
