
धनगढीः कैलालीमा आफ्नै भाउजूलाई जबरजस्तीकरणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन्।

घोडाघोडी नगरपालिका–२ को साडेपानीमा २७ वर्षीया भाउजूलाई जबरजस्तीकरणी गर्न खोज्ने २२ वर्षीय देवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले इलाका प्रहरी कार्यालय सुखडको टोलीले ती युवकलाई पक्राउ गरेको जानकारी दिए। युवकले घरमै ढोका थुनेर भाउजूमाथि करणीको प्रयास गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए।
