Skin_Hospital_Dhn

जनताले माग गरेका योजना ल्याए हामी बजेट हाल्न तयार छौँ : भौतिक पूर्वाधार मन्त्री देउवा

धनगढी ।
सुदूरपश्चिम प्रदेशका, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले साँच्चै जनताले माग गरेका योजना पठाए आफूहरू त्यसमा बजेट हाल्न तयार रहेको बताएका छन् ।

हिजो (सोमबार) सुदूरपश्चिम प्रदेश सरकार आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

“यहाँ प्रदेश र स्थानीय सरकार छ, वडा सरकार छ र विभिन्न राजनीतिक विचारधारा भएका व्यक्तिहरू दलहरूबाट प्रतिनिधि चुनिएर आएका छन् । तसर्थ यसले कुरा सुनेन ,उसले सुनेन भन्ने कुराको गुनासो नगरी, को कुन पार्टीको हो ? के हो ? र हामी केमा आस्था राख्छौ भन्ने कुरा नसोचीकन साँच्चै जनताले माग गरेका योजना पठाए हामीहरू ८०/८१ को बजेटमा त्यस्ता योजना हाल्न तयार छौ ।” उनले भने, ।

बजेट ल्याउँदाखेरि माग भए अनुसारका स्थानीय तहबाट आउनु पर्ने, वडा या त्यहाँका सरोकारवाला जनतासँग छलफल गरीकन साँच्चै जनताले माग गरेका योजनाहरू ल्याउनुपर्ने मन्त्री देउवाको धारणा छ ।

साथै, अबका कुनै पनि नीति तथा योजनाहरू जन उपयोगी र जनताका आवश्यकतामा आधारित भएर स्थानीय स्रोत साधन लाई नै प्रयोग गरी अघि बढ्ने खालका हुनुपर्छ भन्ने कुरामा विशेष ध्यान दिने मन्त्री देउवाले बताए ।

सम्बन्धित
Loading...