
काठमाडौँ: सरकारले सुरुङ मार्ग, द्रुत मार्ग तथा ओभरपास जस्ता आधुनिक प्रविधियुक्त पूर्वधार निर्माणमा जोड दिने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ।

राष्ट्रिय राजमार्गहरूमा विशेष प्रकृतिका पुल निर्माण गर्ने घोषणा पनि गरिएको छ। यस्तै रुग्न तथा पुराना सडक आयोजना फरफराक गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
