Skin_Hospital_Dhn

‘राष्ट्रपति शैक्षिक कार्यक्रम’लाई परिमार्जन गरियो

काठमाडौँ: सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरेको छ।

आज राष्ट्रपति रामचन्द्र पौडेलले आव २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमका रुपमा सुढृढ गरिने घोषणा गरेका हुन्।

उनले शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र जीवन उपयोगी बनाइने पनि बताए। उनले भने, ‘विद्यालयको पुन संरचना गरिने छ,सबै बालबालिकाहरूलाई आधारभूत शिक्षाको पहुँचमा ल्याइने छ, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको रुपमा सुदृढ गरिने छ।’

सम्बन्धित
Loading...