Skin_Hospital_Dhn

‘शिक्षा विधेयक’ यसै अधिवेशनबाट पारित गर्ने सरकारको घोषणा

काठमाडौँ: सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ यसै अधिवेशनबाट पारित गर्ने घोषणा गरेको छ।

आज राष्ट्रपति रामचन्द्र पौडेलले आव २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा विधेयक पारित गर्ने घोषणा गरेका हुन्।

उनले सबै बालबालिकाहरूलाई आधारभूत शिक्षाको पहुँचमा ल्याउने पनि बताए।

उनले भने, ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० यसै अधिवेशनबाट पारित गरिने छ, शिक्षालाई सर्व सुलभ, गुणस्तरीय र जीवनउपयोगी बनाइने छ, त्यसैअनुसार पाठ्यक्रम पनि बनाइने छ।’

सम्बन्धित
Loading...