Skin_Hospital_Dhn

संघीय निजामतीसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गरिने

काठमाडौँ: सरकारले संघीय निजामतीसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने भएको छ।

संविधान जारी भएको एक दशकसम्म पारित हुन नसकेको निजामती विधेयक बजेट अधिवेशनबाटै पारित गर्ने भएको हो।

आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तीन तहका कर्मचारीको व्यवस्थापन प्रणालीमा अन्तराबद्धता कायम गरिने बताएका छन्।

नीति तथा कार्यक्रममा निजामती कर्मचारीको सेवा सुविधा र व्यवसाय जन्य सुरक्षा र उत्पेरणा पूर्वानुमान योग्यबनाई राष्ट्रसेवकलाई उच्च मनोबलयुक्त बनाइने उल्लेख छ।

सम्बन्धित
Loading...