
काठमाडौँ: सरकारले वायु प्रदूषण कम गर्न पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापदण्ड लागू गर्ने भएको छ ।

शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वायु गुणस्तरकारी योजना लागू गर्दै उक्त मापदण्ड लागू गर्ने बताएका हुन् ।

‘एकीकृत जलाधार व्यवस्थापनमार्फत पानी सञ्चय, भू–क्षय नियन्त्रण र क्षतिग्रस्त भूमिको पुनसंरचना र पुनस्थापनामा ध्यान दिइनेछ,’ उनले भने, ‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै राहत प्रणालीलाई बिमा प्रणालीसँग एकीकृत गरिनेछ । संरक्षण क्षेत्रमा मानव प्रकिृतिसँग अस्तित्व कायम गरिनेछ ।’ उनले वातावरणीय अध्ययन तथा मूल्यांकन प्रक्रिया सरल बनाइने बताए ।
