Skin_Hospital_Dhn

सरकारले सामुदायिक र निजी विद्यालय साझेदारी कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ: सरकारले सामुदायिक र निजी विद्यालय साझेदारी कार्यक्रम लागू गर्ने घोषणा गरेको छ ।

संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले निजी विद्यालयको सहभागितामा सामुदायिक विद्यालय सुधार कार्यक्रम सञ्चालन गरिने बताए । उनले निजी र सामुदायिक विद्यालयका पाठ्यक्रममा एकरुपता ल्याउने घोषणासमेत गरे ।

विद्यालय शिक्षा पूरा गर्नासाथ विद्यार्थीको ग्रेडिङका आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रवेश गराइनेछ । ‘प्राविधिक धारलाई विश्वविद्यालय तहसम्म पूर्‍याइनेछ,’ उनले भने । सबैको पहुँच सहितको भर्चुअल शिक्षण प्रणाली, विद्यार्थी परामर्श, अन्तरक्रिया इ-लर्निङ, शिक्षक मेन्टरिङको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सम्बन्धित
Loading...