
काठमाडौं ।
हाल मुलुकमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको हुदा देशका पहाडी भू—भागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू—भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।


राति भने देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहने छ।
देशका पहाडी भू—भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ।
मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक शतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
