Skin_Hospital_Dhn

शुक्रबार राति पानी पर्ने, शनिबार झन् बढ्ने

काठमाडौँ: आज शुक्रबार राति पनि विभिन्न प्रदेशमा वर्षा तथा हिमपात हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति कोसी प्रदेशको पहाडी भूभागका थोरै तथा बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। अनि कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा स्थानमा हल्का वर्षा/हिमपातको पनि सम्भावना छ।

महाशाखाका अनुसार शनिबार दिउँसो पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

देशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ।

सम्बन्धित
Loading...