Skin_Hospital_Dhn

आईपीएल : गुजरात टाईटन्सको लगातार दोस्रो जित

काठमाडौँ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराउदै लगातार दोस्रो जित निकालेको छ ।

लगातार दोस्रो जित हासिल गर्ने क्रममा दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा गुजरातले दिल्ली क्यापिटल्सलाई हराएको हो।

दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । गुजरातका लागि साई शुदर्शनले ४८ बलमा ४ चौका र २ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय ईनिङ खेले । डेबिड मिलरले १६ बलमा अविजित ३१ रन बनाए ।

दिल्लीका एनरिक नोर्कियाले २, खलिल अहमद र मिचेल मार्शले समान १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

लगातार दोस्रो जित निकालेको गुजरात ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने पराजित दिल्ली अंकबिहिन रहँदै आठौं स्थानमा रहेको छ।

सम्बन्धित
Loading...