

काठमाडौँ: सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बस्ने गरेर बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफलका लागि एमालेले सचिवालय बैठक बोलाएको हो।
