
कञ्चनपुर: कञ्चनपुरमा चट्याङ लागेर गर्भवती महिलाको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा आइतबार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर २४ वर्षीया लालमती रानाको मृत्यु भएको हो।

चट्याङ लागेर उनका श्रीमान् २५ वर्षीय रतनसिंह राना गम्भीर घाइते भएका छन्। बिहानै तिल्कीपट्टिको बगरमा लगाइएको बगर खेतीमा लगाइएको तरभुजा टिप्न गएको बेला चट्याङ लागेर लालमतीको ज्यान गएको वडा नम्बर १२ का वडाध्यक्ष नवलसिंह रानाले जानकारी दिए।

घटनाको थप विवरण आउन बाँकी छ। घटना स्थलतर्फ इलाका प्रहरी कार्यालय झलारीको टोली गएको छ।
