काठमाडौँ: मधेस प्रदेश सरकारले वैशाख २३ गते मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।
मधेस प्रदेशको गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै मंगलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।