
धनगढी: कैलालीका एक पुरुष हेटौँडाबाट सम्पर्कविहीन भएका छन्। कैलालीको गोदावरी नगरपालिका–७ हरैयाका ५० वर्षीय आशाराम चौधरी हेटौँडाको गुम्बा चोकबाटै सम्पर्कविहीन भएका हुन्।

वैशाख १५ गते अत्तरियादेखि हेटौँडा ठेकेदार नाजीम शाहसँग कम्पनीको कामको सिलसिलामा उनी हेटौँडा पुगेका थिए। हेटौँडा पुगेको अर्को दिनदेखि उनी सम्पर्कविहीन भएको ठेकेदार नाजीम शाहले बताए।

उनी अत्तरियाबाट टिनको कुप्पी बनाउने कामको लागि गएका थिए। उनीसँगै थप २ जना पनि हेटौँडा गएका थिए। तर, हेटौँडा पुगेका चौधरी अर्को दिन बिहान ५ सय रुपैयाँ मागेर बजारतर्फ निस्केका थिए। त्यसपछि उनी कोठामा नफर्किएका हुन्।
केदार लगायत उनीसँग गएका टोलीले खोजी क्रम जारी गरेको र प्रहरी कार्यालयमा निवेदनसमेत दिइएको छ। चौधरीलाई भेट्नेलाई ९८२८३५०८३६ र ९८२४६०७२७४ सम्पर्क मा सम्पर्क गरेर सहयोग आग्रह गरिएको छ।
