Skin_Hospital_Dhn

घोडाघोडी बहुमुखी क्याम्पस प्रशासनमा तालाबन्दी

धनगढी ।
घोडाघोडी बहुमुखी क्याम्पस प्रशासनमा तालाबन्दी गरिएको छ । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसका प्रध्यापकहरुद्धारा क्याम्पस प्रशासनमा तालाबन्दी गरिएको हो ।

विगत केही समय देखी क्याम्पस प्रशासनको लापरबाही, व्यापक गुटबन्दी, प्रशासनिक र पद्धतिगत अस्तव्यस्त भएको हुँदा आन्दोलन गर्नु परेको आन्दोलनरत प्रध्यापकहरुले बताएका छन् ।

यसको समाधानको लागी सञ्चालक समिति सँग पहल, अनुरोध गदै आएको तर क्याम्पस प्रशासनहरूले बेवास्ता गर्ने र अभियानमा लागेकालाई धम्काउने कार्य गरेको हुँदा आन्दोलनमा उत्रिनु परेको उनीहरूले बताए ।

सञ्चालक समिति समितिले माग पत्र बुझ्न नै नचाहेकोले बाध्य भएर क्याम्पस प्रशासनमा तालाबन्दी गर्नु परेको आन्दोलनरत प्रध्यापकहरुले बताएका छन् ।

आज (बुधवार) आन्दोलनरत प्रध्यापकहरुले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दे क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन ।

“क्याम्पसमा परीक्षा र पठनपाठनमा कुनै बाधा नपर्ने गरी हाललाई प्रशासन कक्षमा तालाबन्दी गरी थप कडा कदम चाल्न हामी बाध्य हुनेछौ र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार क्याम्पस प्रशासन र समिति हुनेछ ।” जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित
Loading...