Skin_Hospital_Dhn

लोकतान्त्रिक निर्माण व्यवसायी संघ बैतडीको अध्यक्षमा बिष्ट

बैतडी: लोकतान्त्रिक निर्माण व्यवसायी संघ बैतडीको अध्यक्षमा मदनमोहन बिष्ट चयन भएका छन्। संघको आइतबार सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनले बिष्टको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

संघको उपाध्यक्षमा नरीसिंह भाट र वीरबहादुर गडाल चयन भएका छन्। यस्तै महासचिवमा सुरजबहादुर चन्द, उपमहासचिवमा पुष्करराज भट्ट र केशवराज लेखक, कोषाध्यक्षमा सहदेव अवस्थी, सहकोषाध्यक्षमा नरेशबहादुर चन्दलगायत अन्य सदस्यहरू चयन भएका संघका उपमहासचिव पुष्करराज भट्टले जानकारी दिए।

लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष मदनमोहन बिष्टको अध्यक्षतामा भएको अधिवेशन उद्दघाटन सत्रमा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द प्रमुख अतिथी रहेका थिए। अधिवेशन उद्घाटन सत्रमा लोकतान्त्रिक निर्माण व्यवसायी संघका केन्द्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित
Loading...