Skin_Hospital_Dhn

कैलालीमा स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढीः कैलालीमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका–७ चर्रा गणेशमान चोकस्थित हुलाकी सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ गइरहेको युपी–३१–एयु–७३२० भारतीय नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बिएबी ४५९२ नम्बरको स्कारपियोले आइतवार ठक्कर दिएको हो।

ठक्करबाट मोटरसाइकल चालक भजनी नगरपालिका–७ बस्ने २० वर्षीय कुल्दिप धोबीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार स्कारपियोको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि नवजीवन अस्पताल धनगढी लगिएकोमा सोही दिननै उपचारको क्रममा मृत्यु भएको हो।

स्कारपियो र स्कारपियो चालक बाँकेको कोहलपुर नगरपालिका–२ बस्ने ४३ को शेरबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

सम्बन्धित
Loading...