Skin_Hospital_Dhn

सरकारलाई आजभोलि नै पूर्णता दिने प्रधानमन्त्रीको दाबी

काठमाडौं ।
सरकारलाई आजभोलि नै पूर्णता दिन लागेको प्रधानमन्त्री पुष्पकमल दाहालले दाबी गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई आज (बुधबार) सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारलाई आजभोलि नै पूर्णता दिन लागको उद्‍घोष गरेका हुन् ।

“सरकार सञ्चालनको अवसर पाएको छु, त्यो पनि चुनौतीपूर्ण छ । अहिले सरकारले करिब करिब पूर्णता पाएको छ । आज भोलि, शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ” उनले भने, “हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुनेछ । कुन बाटो जाने भन्नेमा केन्द्रित हुनेछ । केही गुणात्मक, जनताले केही राहत पाउनेगरी यसअघिको पनि बजेट निर्माण गर्दा त्यो किसिमले गर्नु भनेको थिएँ ।”

सम्बन्धित
Loading...