
काठमाडौं: नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ।

हिजो आइतबार सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। महासङ्घका अनुसार आज एक तोला चाँदी एक हजार ९१० रुपैयाँमा खरिदबिक्री हुनेछ। हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो
