Skin_Hospital_Dhn

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगीबीच भेटवार्ता

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ।

भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाह र समकक्षी योगीबीच सोमवार लखनउमा भेटवार्ता भएको हो। मुख्यमन्त्री शाह र समकक्षी आदित्यनाथबीच दुई देशको सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ गतेदेखि भारतको औपचारिक भ्रमणमा छ। मुख्यमन्त्री शाह नेतृत्वको टोली लखनउबाट स्थलमार्ग हुँदै स्वदेश फर्किँदैछ। यसअघि मुख्यमन्त्री शाहले उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामी र गभर्नर ले.ज. गुरमित सिंहसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

भेटवार्तामा दुवै देशबिचको पारस्परिक सम्बन्ध, सांस्कृतिक, धार्मिक तथा सामाजिक समानताका विषय छलफलकेन्द्रित रहेको र वर्षौँदेखिको आपसी एकता र विश्वासलाई अझ बलियो बनाउने विषयमा छलफल भएको थियो ।

यसैगरी, मुख्यमन्त्री शाहले उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महराज, वनमन्त्री सुवोध उनियाल र कृषिमन्त्री गणेश जोशीसँग पनि छुट्टाछुट्टै भेट गरेका थिए।

सम्बन्धित
Loading...