Skin_Hospital_Dhn

ढुंगा लागेर लेकमका शिक्षा अधिकृतको मृत्यु

दार्चुला: लेकम गाउँपालिकाको रिठाचौपाताबाट घर फर्कने क्रममा माथिबाट खसेको ढुंगा लागेर सख्त घाइते भएका लेकम गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशवराज ओझाको मृत्यु भएको छ ।

गाउँपालिकाको शैक्षिक कार्यक्रम सकाएर मोटरसाइकलमा घर फर्कने क्रममा सोमबार बेलुकातिर लेकम गाउँपालिका–४ गोदालीमा ढुंगा लागेर उनी सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रिठाचौपातका अनुसार गोदालीमा माथिबाट खसेको ढुंगा लागेर गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रहेका ओझाको पिँठ्युमा चोट लागेको थियो । सख्त घाइते अवस्थामा उनलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि गोकुलेश्वर अस्पताल लगिएको हो ।

उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्‍याउँदा डाक्टरले ओझालाई मृत घोषणा गरेको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताए ।

सम्बन्धित
Loading...