Skin_Hospital_Dhn

अध्यक्ष प्रचण्ड र अर्थमन्त्री पौडेलबीच भेटवार्ता

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद  पौडेलबीच आज भेटवार्ता भएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा उक्त भेटघाट भएको हो। भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेको पार्टी सचिवालयले जनाएको छ।

यसअघि अर्थमन्त्री पौडेलले सोमबार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए।

सम्बन्धित
Loading...