Skin_Hospital_Dhn

ह्वात्तै बढ्यो सुनको भाउ, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं: नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ। सोमबार तोलामा ५ सय बढेको सुन आज ५ हजार ३ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन तोलाको १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि ५५ रुपैयाँ बढेको छ। सोमबार तोलामा १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १ हजार ९ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सम्बन्धित
Loading...