Skin_Hospital_Dhn

घरको छतबाट खसेर प्रहरीका असई कटवालको मृत्यु

काठमाडौं: घरको छतबाट खसेर नेपाल प्रहरीका एक असईको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत रहेका असई प्रेम कटवाल रहेको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले बताए।

इटहरी उपमहानगरपालिका घर भएका ४५ वर्षीय असई कटवाल घर बिदामा आएका थिए। इटहरीमै निर्माणाधीन आफ्नो घरको छतमा पानी हाल्ने क्रममा खसेर उनको मृत्यु भएको प्रवक्ता दाहालले बताए। छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणका गरेका हुन्।

सम्बन्धित
Loading...