Skin_Hospital_Dhn

कैलालीमा स्रोत नखुलेको १७ लाख ४६ हजारसहित दुईजना पक्राउ

धनगढी: कैलालीमा स्रोत नखुलेको १७ लाख ४६ हजार रकमसहित दुई जना पक्राउ परेका छन्।

मंगलबार भजनी नगरपालिका–५ गुलरीयाघाट भन्सार कार्यालय नजिकै इलाका प्रहरी कार्यालय पृथ्वीपुर कैलालीबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखिमपुर खिरी तिकुनियाका ३२ वर्षीय अमनकुमार गर्गलेको साथबाट नेपाली रुपैयाँ बरामद गरेको हो।

गर्गले चलाइरहेको युपी ३२ एचएच ६७५३ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा उनले सुर्के थैलीमा कम्मरमा बाँधेर राखेको स्रोत नखुलेको ८ लाख ९६ हजार ६६० नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले गर्गलाई उक्त रुपैयाँ, मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सत्ती पठाइएको छ।

यस्तै टीकापुर नगरपालिका–१ का १९ वर्षीय अर्मन चौधरीलाई स्रोत नखुलेको अवैध भारतीय रुपैयाँ लुकाएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिगएको प्रहरी टोलीले पक्राउ गरेको छ।

चौधरीलाई उनले सञ्चालन गरेको अर्मन धागा एन्ड टेलरिङ सप्लायर्स पसलबाट भारतीय मुद्रा ५ लाख ३१ हजार ४ सयसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके पठाइएको छ।

सम्बन्धित
Loading...