Skin_Hospital_Dhn

भाट बने पाँचौँपटक सिद्धेश्वर माविको विव्यस अध्यक्ष

बैतडी: बैतडीको पाटन नगरपालिका–९, स्थित रहेको सिद्धेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः प्रेमसिंह भाट चयन भएका छन्। मंगलबार भएको अभिभावक भेलाबाट पाँचौं पटक थप कार्यकालका लागि भाटको अध्यक्षता नौ सदस्यीय व्यवस्थापन समिती गठन गरिएको हो।

सदस्यहरुमा क्रमश कृष्णसिंह महरा, नरबहादुर भाट, पार्वती भाट, बसन्ती चन्द, जयन्ती महरा, शिक्षक प्रतिनिधिमा भरतसिंह भाट र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक प्रकाशसिंह महरा रहेका छ्न्।

अभिभावक भेलाले सर्वसम्मत भाटको नेतृत्वमा समिति चयन गरेको हो। विद्यालयको चौतर्फी विकासका लागि सबै सरोकारवालाहरुसँग हातेमालो गरेर अगाडि बढ्ने र शैक्षिक गुणस्तर सुधारका लागि हरेक पक्षसँग समन्वय सहकार्य गरेर काम गर्ने अध्यक्ष भाटले बताए।

विंस. २०१८ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १० सम्मको पठनपाठन भइरहेको छ भने विद्यालयले पढाइसँगसँगै सामुदायिक, धार्मिक अतिरिक्त कार्यक्रम गर्दै आइरहेको छ।

सम्बन्धित
Loading...