Skin_Hospital_Dhn

डडेल्धुरामा जिप दुर्घटना, दुई जना घाइते

डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ स्थित चामाचौडमा मंगलबार साँझ जिप दुर्घटनामा दुई जना घाइते भएका छन्।

से १ ज ७३८ नम्बरको जिप सदरमुकामबाट बिजयसैनी यात्रु छोडेर घरतर्फ जाने क्रममा दुर्घटना हुँदा चालक नवदुर्गा– ५ चौडका जिप चालक ३५ वर्षीय रामबहादुर साउद र जिपमा सवार नवदुर्गा–५ कणेलीका २७ वर्षीय भरत विक घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

जिप सडकबाट २५० मिटर तल खसेको र दुर्घटनामा घाइते भएका दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए। उनका अनुसरा घाइते दुवैको अवस्था मध्यम रहेको छ।

सम्बन्धित
Loading...