Skin_Hospital_Dhn

बढ्यो सुनको मूल्य

काठमाडौं: आज नेपाली बजारमा सुनको मूल्य १ हजार ७०० रुपैयाँले बढेको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको उक्त मूल्यले मंगलबारको मूल्यलाई निरन्तरता दिइएको हो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधार सुनको मूल्य निर्धारण गर्ने गरिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३८४ दशलमव ६७ अमेरिकी डलर र चाँदी ३३ दशमलव ०१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित
Loading...