
कञ्चनपुर: कञ्चनपुरबाट चोरी र कृते मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ परेका छन्।

चोरी मुद्दामा ५ दिन कैद सजाय र २ हजार ४४ रुपैयाँ जरिवाना तोकिएका बेलौरी नगरपालिका–१ उभियाफाँटा बस्ने ७१ वर्षीय केदारसिंह खड्का र कृते मुद्दामा १ वर्ष कैद सजाय र ५० रुपैयाँ जरिवाना तोकिएका दोधारा चाँदनी नगरपालिका–५ इन्द्र टोलका ३२ वर्षीय टेकबहादुर सुनार पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुुवैलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।
