
बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डे अगाडि देखिएका छन् ।

बाजुरामा मतदान भएको ११ दिनपछी मतगणना सुरु गरीएको हो ।

पछिल्लो मत परिणामअनुसार उनले ५ हजार १ सय ६ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका कर्ण थापाले ३ हजार ९९४ मत ल्याएका छन् ।
बाजुरामा कडा सुरक्षाका साथ मत गणना जारी छ ।
