Skin_Hospital_Dhn

उत्तरकाशीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

नयाँ दिल्ली: भारतको उत्तरकाशी जिल्लामा बिहिबार बिहान एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा छ जनाको मृत्यु भएको खबर आएको छ । प्रहरी र प्रशासनसँगै विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

टोली घटनास्थलमा पुग्ने बित्तिकै उद्धार कार्य सुरु गरिएको थियो । बिहीबार बिहान उत्तरकाशीको गंगानीभन्दा पर हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकप्टर एक निजी कम्पनी एरो ट्रिंकको थियो र त्यसमा सात जना सवार थिए । प्राप्त जानकारी अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

उत्तराखण्डमा हिजोआज चारधामको यात्रा चलिरहेको छ । केदारनाथ, बद्रीनाथ र गंगोत्री–यमुनोत्रीको दर्शन गर्न ठुलो संख्यामा तीर्थयात्रीहरू आइपुगेका छन् । केही मानिसहरू पैदल हिँडेर निस्किएका छन् भने धेरैजसो हेलिकप्टरबाट पुगिरहेका छन् ।

मौसम विभागले उत्तराखण्डको मौसमको बारे चेतावनी जारी गरेको छ । देहरादून, उत्तरकाशी, चमोली, रुद्रप्रयाग, टिहरी, पौरी, नैनीताल र चम्पावतमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । धेरै क्षेत्रमा मेघगर्जनका साथै तीव्र हावाहुरी पनि चल्न सक्छ ।

गत सोमबार, मे ५ मा, बद्रीनाथ धाम क्षेत्रमा खराब मौसमका कारण, तीर्थयात्रीहरू बोकेर बद्रीनाथबाट देहरादून जाँदै गरेको हेलिकप्टर गोपेश्वर खेल मैदानमा आपत्कालीन अवतरण गर्नुपरेको थियो । करिब पाँच मिनेट जमिनमा रहेपछि, हेलिकप्टर देहरादूनतिर प्रस्थान गरेको थियो ।

सम्बन्धित
Loading...