Skin_Hospital_Dhn

कञ्चनपुरमा मृत भेटिए भारतबाट आएका राना

कञ्चनपुर: कञ्चनपुरमा एक पुरुष मृत अवस्था भेटिएका छन्।

बुधबार जिल्लाको कृष्णपुर नगरपालिका–३ चित्रपुरमा शुक्लाफाँटा नगरपालिका–१२ का ६० वर्षीय घुम्मन राना मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृतक रानाले मदिरा सेवन गरेका थिए। लामो समयपछि भारतबाट घर आएका रानाको घर नपुग्दै बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक रानाको शरिरमा कुनै घाउचोटपटक नदेखिएको र उनको शव पोष्टमार्टमका लागि महाकाली प्रदेशीक अपस्पताल पुर्‍याइएको छ।

सम्बन्धित
Loading...