Skin_Hospital_Dhn

प्रधानमन्त्री ओली भन्छन्– गोलघरको यातनाले मेरो मिर्गौला फेल भयो

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चायतकालमा गोलघरमा रहँदा चिसो भुुइँमा राखेर यातना दिइएका कारण आफ्नो मिर्गौला फेल भएको बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले पेन किलर सेवन गर्दा मिर्गौला फेल भएको उल्लेख गरे। तागतिलो खाना र औषधि अभावका कारण क्षयरोग र अल्सर भएपछि स्वास्थ्य बिग्रिँदै गएको उनले सुनाए।

‘मलाई टिबरक्लोसिस (क्षयरोग) लाग्यो। अल्सर भयो, दुखेर असैह्य हुन्छ। पेटभरी घाउ भएर, भतभत पोल्छ। रगत आउँछ घाउबाट, अनि पेन किलर दिन्छ। पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ?’ उनले सुनाए।

यस्तै ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

नेपालमा प्रति १० हजारमा एक भन्दा तलको सङ्ख्यामा कुुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण उन्मुलन नभएसम्म आफूहरु सन्तुष्ट नहुने बताए।

उनले पहिला पहिला आशीर्वाद दिइँदा पाचन प्रणाली राम्रो होस् भनेर दिइने स्मरण गर्दै आहार–बिहार र हेरचाहलाई सहीरुपमा गरेर स्वस्थ्य रहन सकिने र कुुष्ठारोगजस्ता सङ्क्रामक रोग लागि हालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रुपमै सञ्चालन गर्न आग्रह गरे।

कुुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए। प्रधानमन्त्री ओलीले रोग लुकाउनु हुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुुष्ठारोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गरे।

सम्बन्धित
Loading...