Skin_Hospital_Dhn

कैलालीमा दुई जना मृत अवस्थामा फेला

धनगढी ।
कैलालीमा दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुशार कैलारी गाउपालिका– ७ रतनपुर बस्ने ३५ वर्षीया लक्ष्मीप्रसाद चौधरी र गोदावरी नगरपालिका–१ बस्ने ५८ वर्षीय छुनु डगौरा थारू मृत भेटिएका हुन् ।

लक्ष्मीप्रसाद आफ्नै घरमा मृत भेटिएको बताउदै प्रहरी नायब उपरीक्षक चन्दले घटनाबारे अनुसन्धान भइरहेको जनकारी दिए । यस्तै बिहीबार बिहान छुनु डगौरा थारू पनि आफ्नै घर आगनमा मृत भेटिएका हुन् ।

छुनु आँपको रूखमा प्लाष्टिकको डोरीले पासो लगाएको अवस्थामा मृत भेटिएको बताउदै डीएसपी चन्दले थारुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको जानकारी दिए ।

थारु मृत भेटिएको घटनाबारे अनुसन्धान जारी रहेको बताइएको छ ।

Loading...