Skin_Hospital_Dhn

गौरीगंगा–११ स्पोर्टस क्लबले जित्यो भजहर कपको उपाधि

धनगढी: कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुरमा भएको निसर्ग हस्पिटल पाँचौं भजहर कप फुटबल प्रतियोगिताको उपाधिगौरीगंगा–११ स्पोर्टस क्लबले जितेको छ।

लोहरपुर खेल मैदानमा भएको फाइनल खेलमा आयोजक जनहित क्लब ‘बी’ लाई हराउँदै गौरीगंगा च्याम्पीयन भएको हो। थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुँदै आएको भजहर कपको पाचौं संस्करणको फाइनल मा गौरीगंगाले आयोजक बी लाई २–० ले हराएको हो।

विजेता भएसँगै गौरीगंगाले नगद एक लाखसहित ट्रफी पाएको छ। उपविजेता बनेको आयोजक जनहित क्लब बी ले ५० हजार नगदसहित ट्रफीमा चित्त बुझाएको छ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ। सुदुरपश्चिम चिकित्सक संघका निवर्तमान अध्यक्ष तथा बरिष्ठ बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रलगायतले विजयी खेलाडीहरुलाई पुरस्कार गरेका थिए।

प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिएको आयोजक जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए। थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको थियो। त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिएको थियो।

सम्बन्धित
Loading...