Skin_Hospital_Dhn

नव वर्षको अवसरमा सौंराई रक्तदान कार्यक्रमको आयोजना

धनगढी ।
नव वर्षको अवसरमा कैलालीमा “सौंराई रक्तदान” कार्यक्रम हुने भएको छ । जिल्लाको धनगढी उप—महानगरपालिका शहिदगेट नजिकै रहेको सौंराइ स्क्वायरले नयाँ वर्षको अवसर पारेर “सौराई रक्तदान” कार्यक्रम आयोजना गरेको हो ।

यही चैत्र २९ गते हुने “सौंराइ रक्तदान” कार्यक्रममा आयोजक सौंराइ स्क्वायरले सबैलाई जीवनदान गर्न निमन्त्रणा गरेको छ ।

साथै “सौंराइ रक्तदान” कार्यक्रम सकिएको भोलिपल्ट नयाँ वर्षको अवसरमा न्यु इएर इभेन्ट २०८० हुने भएको छ । न्यु इएर इभेन्ट २०८० रकस्टार स्टुडियोको सहकार्यमा सौंराइ स्क्वायरले आयोजना गर्न लागेको हो ।

न्यु इएर इभेन्ट २०८० मा टंक तिमलसेना, डी.जे नेहाको विशेष प्रस्तुति रहने छ भने कलाकारहरू कोपिला सिंह, रमेश बिजुली बि सि, मनिसा सिंह, शदिक्षा चौधरी, प्रियंका कुवर र सरु रानिको प्रस्तुति रहने सौंराइ स्क्वायरले जानकारी दिएको छ ।

स्थानीय कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त न्यु इएर इभेन्ट २०८० यही चैत्र ३० गते साँझ ६ः०० देखि राति १२ः०० सम्म सञ्चालन हुने सौंराइ स्क्वायरका सञ्चालक उमेश बिक्रम शाहले बताएका छन् ।

न्यु इएर इभेन्ट २०८० का प्रायोजनहरू म्याक्स टाइगर, सेतो बाग भोड्का, नेपाल आइस नेचर, रियल जुस, हिमालयन रिजर्भ, अनुपमा बेकरी, वर्ल्ड लिङ्क, महारानी टेन्ट, लिप वाटर र मिडिया पार्टनर नयाँ सन्देश डट कम र कल २४ न्युज रहेको छ भने लाइटिङ पार्टनर डी.जे सुरज, साउन्ड पार्टनर डी.जे म्याक्स रहेको छ ।

Loading...