
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ५ दिनको म्याद थप गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत, काठमाडौंले मिश्रलाई थप ५ दिन हिरासतमा राख्नेर अनुसन्धान गर्न अनुमति दिएको हो।

त्यसैगरी आपराधिक उपद्रवको कसुरमा अनुसन्धान भएकाहरुलाई भने थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उनलाई बिहीबार (आजै) म्याद थपका लागि अदालत लगिएको थियो ।

गत चैत १५ गते भएको तीनकुने घटनापछि पक्राउ परेका मिश्रमाथि यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको थियो ।
आज पुनः उनीमाथि आपराधिक उपद्रवको कसुरमा पनि मुद्दा चलाइएको छ । उक्त मुद्दा चलाइएको भन्दै मिश्रले आपत्ति जनाएका छन् ।
