Skin_Hospital_Dhn

सरकारले भन्यो– आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैका साथमा उभिन्छ

काठमाडौँ: सरकारले आतंकवादविरुद्धको लडाइँमा नेपालले सधै साथ दिने बताएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ‘आतंकवाद विरुद्धको लडाइँमा नेपाल सबैको साथमा उभिएको’ बताएको हो।

बिहीवार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै परराष्ट्र मन्त्रालयले भनेको छ, ‘नेपाल सरकार भारत र पाकिस्तानबीच बढेको तनावप्रति गहिरो चिन्ता व्यक्त गर्छ। नेपाल तनाव कम हुने अपेक्षा गर्छ र यस क्षेत्रमा दीर्घकालीन शान्ति र स्थिरताप्रतिको प्रतिबद्धता दोहोर्‍याउन चाहन्छ।’

‘आफ्नो सैद्धान्तिक अडानअनुरूप नै आतङ्कवादविरुद्धको लडाइँमा नेपाल सबैका साथमा उभिन्छ। नेपालले कुनै पनि हानि पुर्‍याउने शक्तिहरूलाई आफ्नो भूमि छिमेकी देशहरूविरुद्ध प्रयोग हुन दिने छैन,’ विज्ञप्तिमा भनिएको छ।

उक्त विज्ञप्तिमा मन्त्रालयले एप्रिल २२ मा पहलगाममा भएको आतङ्कवादी आक्रमणको तत्काल निन्दा गरेको उल्लेख गर्दै त्यस बेला नेपाल र भारत शोक र पीडाको घडीमा एकसाथ उभिएको जनाएको छ।

सम्बन्धित
Loading...