Skin_Hospital_Dhn

डिपेन्डेन्टमा क्यानडा लैजाने भन्दै २० लाख ठग्ने सुजिता पक्राउ

काठमाडौं: डिपेन्डेन्टमा क्यानडा लैजाने भन्दै २० लाख ठग्ने एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–८ घर भई भक्तपुर मध्यपुर थिमि–३ गठ्ठाघर बस्दै आएकी २७ वर्षीया सुजिता अधिकारी रहेकी छन्।

सुजिताले आफू अध्ययनका लागि क्यानडा जान लागेको र भिसा पनि आइसकेको बताउँदै डिपेन्डेन्टमा लैजाने भनेर एक युवकसँग २० लाख लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए।

एसपी आचार्यका अनुसार पैसा लिएर युवती सम्पर्कविहीन भएपछि पीडितले जाहेरी हालेका थिए। सुजितालाई बिहीबार टेकुबाट नियन्त्रणमा लिइएको हो। ती युवतीलाई अपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसूरमा अनुसन्धान थालेर जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको बताइन्छ।

सम्बन्धित
Loading...