
धनगढीः इलाका प्रहरी कार्यालय मालाखेती अत्तरिया कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दलाई भव्य स्वागत गरिएको छ। हालै सरुवा भई आएका डीएसपी चन्दलाई स्वागत गर्नेको होडबाजी चलिरहेको छ।

यहाँका विभिन्न स्थानीय संघसंस्थाले उनलाई भव्य स्वागत गरिरहेका हुन्। बिहीबार गोदावरी मोबाइल व्यवसायी संघले चन्दलाई स्वागत गरेको थियो। संघले डीएसपी चन्दलाई उनकै कार्यकक्षमा भेटेर टीका र मालासहित स्वागत गरेको हो।

बुधवार गोदावरी होटल व्यवसायी संघले उनको स्वागतमा कार्यक्रम नै आयोजना गरेको थियो। उक्त स्वागत कार्यक्रममा डीएसपी चन्दले प्रहरीले व्यवसायको सहयोगी भएर सुरक्षाको जिम्मेवारी लिने बताएका थिए।
सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा कार्यरत चन्द वशाख २२ गते सरुवा भएर इलाका प्रहरी कार्यालय मालाखेतीमा आएका थिए। डीएसपी चन्द कैलालीकै बासिन्दा हुन्।
