Skin_Hospital_Dhn

धनगढीमा नक्कली परीक्षार्थी सिर्जना पक्राउ

धनगढी: धनगढीमा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

शुक्रबार धनगढीस्थित नाष्ट कलेजमा कक्षा १२ को परीक्षा दिइरहेकी गोदावरी नगरपालिका–९ की १९ वर्षीया सिर्जना बोहरालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ ।

उनले एलिजा शाहीको नाममा परीक्षा दिइरहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।

उनकाअनुसार बोहरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित
Loading...