Skin_Hospital_Dhn

तत्काल लागू हुने गरी युद्धविराममा सहमति भयो : पाकिस्तानी विदेशमन्त्री

काठमाडौँ: पाकिस्तानका विदेशमन्त्री इशाक डारले पाकिस्तान र भारत तत्काल प्रभावकारी हुने गरी युद्धविराममा सहमत भएको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा गरेको घोषणालाई डारले पुष्टि गरेका हुन्।

‘पाकिस्तानले सधैं आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा सम्झौता नगरी क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रयास गर्दै आएको छ,’ डारले एक्समा लेखेका छन्। यो अप्रत्याशित युद्धविरामको घोषणा भारत र पाकिस्तान दुबै पक्षले शनिबार बिहानसम्म एकअर्कामाथि आक्रमणको आरोप लगाइरहेका बेलामा आएको हो।

सम्बन्धित
Loading...