Skin_Hospital_Dhn

प्रतिनिधिसभाको बैठकमा आज दुई विधेयक टेबुल

काठमाडौँ ।
आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा दुई महत्वपूर्ण विधेयक टेबुल भएको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका हुन् ।

यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘लोक सेवा आयोगको ६३औँ वार्षिक प्रतिवेदन (२०७८ साउन) (२०७९ आसार) पेस गरे ।

यस्तै, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरे ।

अर्को बैठक यही चैत २४ गते शुक्रबार दिउसो १ बजे बस्नेछ ।

सम्बन्धित
Loading...