

काठमाडौं ।
आज (बिहीबार) सेयर बजार परिसूचक नेप्से ८.२८ अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज ८.२८ अंकले घटेर १८६६.७९ विन्दुमा रोकीएको छ ।
आज बैंक र निर्जीवन बिमा समूहको सेयर सामान्य बढे पनि अरू सबै समूहका सेयर ओरालो लागेको छ । आज दुई सय ६९ वटा कम्पनीका २८ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा ९२ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
