Skin_Hospital_Dhn

गौरीगङ्गा गोल्ड कप : रानीवन क्लब बाजुरा क्वाटर फाइनलमा प्रवेश

धनगढी ।
तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपमा रानीवन क्लब बाजुरा नेपाल पुलिसलाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । कैलालीको गौरीगङ्गामा जारी सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप अन्तर्गत आज (बिहीबार) भएको खेलमा नेपाल पुलिसलाई पराजित गर्दै रानीवनले क्वाटर फाइनलमा स्थान पक्का गरेको हो ।

खेल सुरु भएको २ मिनेटमै बाजुराका गौरव रावतले हेडरमार्फत् गोल गर्दै आफ्नो टोलीलाइ अग्रता दिलाएका थिए । ४० औं मिनेटमा बाजुराका दिनेश रेग्मीले एक गोल थप्दै पहिलो हाफमा आफ्नो टोलीलाइ २–० को अग्रता दिलाए । पुलिसका तर्फबाट खेलको ५३ औं मिनेटमा चक्र बलायरले गोल गर्न सफल भए पनि त्यसपछि भने खेलमा फर्कन सकेन । खेलको प्लेयर अफ दी म्याच रानीवन क्लब बाजुराका मिलन रेग्मी चुनिए।

प्रतियोगिता अन्तर्गत शुक्रबार बर्दिया र कञ्चनपुरको टिम प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ट्रफी सहित नगद ४ लाख र उपविजेताले ट्रफी सहित नगद २ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

सम्बन्धित
Loading...