Skin_Hospital_Dhn

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

धनगढी ।
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको चुरे गाउँपालिका—६ मा दुर्घटना हुँदा चालक दानबहादुर सिजाली को घटनास्थलमै मृत्यु भएको हो ।

चुरे गाउँपालिका—६ को बयला—डुग्रेनी कच्ची सडकखण्डमा सु.प.प्र.०१००२ त ५२६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक चुरे गाउँपालिका—३ का ३८ वर्षीय दानबहादुर सिजालीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

दुर्घटनाग्रस्त ट्याक्टरको ट्रलीमा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो।

सम्बन्धित
Loading...