
धनगढी ।
कैलालीमा लागु औषध खैरो हिरोइन सहित दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ । आज (शुक्रबार) जिल्लाको बर्दगोरीया गाउँपालिका –४ मुडाका १८ वर्षका आनन्द ठकुरी र पछाडि मोटरसाइकलमा सवार २३ वर्षका दिपेन्द्र बोहरालाइ खैरो हिरोइन सहित प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुको साथबाट १८ ग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरिइएको प्रहरीले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल बि.ओ.पी.पगियापासारबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले उनीहरुलाई भजनी नगरपालिका –५ कौवाखेडाबाट पक्राउ गरेको हो ।
मोटरसाइकल सहित दुबै जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान भइरहेको बताइएको छ ।
