Skin_Hospital_Dhn

आजको मौसमः यी दुइ प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं ।
हाल मुलुकमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शनिबार) बिहान देशका कर्णाली, गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ ।

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार राती कोशी, मधेश, बाग्मती र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहने र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

मेघगर्जन र चट्याङबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित
Loading...